१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनएको ८३ औँ शाखा टर्की, १७ सदस्यीय तदर्थ समिति गठन (पत्रसहित)

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७७, मंगलवार २०:२८

लण्डन । विश्वभरी छरिएर रहेका नेपालीहरुको संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ८३ औँ शाखाको रुपमा टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ ।
गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार शनिबार बसेको केन्द्रीय सचिवालयमा बैठकले उज्वल कुमार घिसिङको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा श्यामकला राई, महेन्द्र थापा र तिला दाहाल रहेका छन् । महासचिवमा विनोद पौड्याल, सचिवमा मोहम्मद जावेद, सहसचिवमा नीमा छोटी शेर्पा, कोषाध्यक्षमा अनिता गुरुङ र सह-कोषाध्यक्षमा गीता लिम्बु रहेका छन् ।

यसैगरी युवा संयोजकमा मन्दिरा ओली खत्री र सुनिल पौडेल लगायत ७ जना सदस्यहरु पनि नवगठित समितिमा चयन भएका छन् । समितिको प्रवक्तामा विकास सुमन रहेका छन् ।

यसै बीच संघका अध्यक्ष कुमार पन्त र महासचिव डा. हेम राज शर्माले नवगठित समितिका अध्यक्ष घिसिङलाई एक पत्र लेख्दै तदर्थ समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएका छन् । पत्रमा सो समिति गठन गर्न पहल गर्ने एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी र युरोप संयोजक नारायण आचार्यलाई धन्यवाद व्यक्त गरिएको छ ।

शाखा गठनको लागि आवश्यक कागजात पुरा नहुँदा प्रकृया ढिला भएको बताइन्छ । १७ जुलाईमा मात्र नयाँ कार्यसमितिका सदस्यहरुले सम्पूर्ण कागजता संघलाई बुझाए पछि शाखा गठनको प्रकृया टुंगिएको हो ।

यस्तो छ नयाँ कार्यसमिति

अध्यक्ष: उज्जल कुमार घिसिङ
उपाध्यक्ष:  श्यामकला राई, महेन्द्र थापा, तिला दाहाल श्रेष्ठ
महासचिव: बिनोद पौडेल
सचिव: सोनाम छोटी शेर्पा
कोषाध्यक्ष: अनिता गुरुङ
सहकोषाध्यक्ष: गिता लिम्बु
प्रवक्ता: बिक्रम सुनाम
महिला संयोजक: मन्दिरा खत्री ओली
युवा संयोजक: सुनिल पौडेल
सदस्यहरु: आदर्श भट्टराई, आकाश राई, छबिलाल नेउपाने, रुपेश श्रेष्ठ, श्याम पाण्डे,  तिल बहादुर घर्ती