१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सारी लगाएका दुर्गेश विवादमा

नेपालब्रिटेन संवाददाता
७ श्रावण २०७७, बुधबार ०५:०३

काठमाडौं । गीतमा प्रयोग भएका शब्दमार्फत बेलाबेलामा विवादमा तानिदै आएका गायक तथा मोडल दुर्गेश थापाको ‘बिच्च बिच्चमा–३ बेसार’ चर्चा कमाउन थालेको छ । देशको समसामयिक घट्नामा लक्षित गरी तयार पारिएको नयाँ गीतमा ब्यङ्य र सन्देश दुवै मिश्रित भएपनि पहिरनका कारण केही आलोचना भएको छ ।

म्युजिक भिडियोअघि प्रमोसनका लागि सारी लगाएको अवस्थामा देखिएका दुर्गेश यसैका कारण विवादमा परेका थिए । भिडियोमा भने फरक ढंगले जमेका उनलालाई धेरैले प्रशंसा नै गरेका छन् । सारी लगाएको दृश्यले धेरैको ध्यान खिचेको छ ।

भिडियोको केही अंशमा सारी लगाएको अवस्थामा देखिएका दुर्गेश निकै सानदार देखिएका छन् । देशमा भएका राजनीतिदेखि सामाजिक र जातीय विकृति एवं विसंगतिविरुद्ध चोटिलो प्रहार गरिएको छ।

विश्वले पत्ता लगाउन नसकेको कोरोनाको उपचारलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले हल्का रूपमा लिँदै व्यक्त गरेको भनाइमाथि गीतमा उडाइएको छ । गीत मार्मिकसँगै चोटिलो छ । किनकी मुलुकमा भएका समसामयिक घटना–परिघटनालाई विषय बनाएर ब्यङ्य गरिएको छ ।

वसन्त थापाको संगीत र गीत रचना रहेको गीतमा कोरोना रिपोर्टलाई पनि ब्यङ्य गरिएको छ । बिरामीको मृत्युपछि मात्र कोरोना पुष्टि भएको रिपोर्ट आउने गरेको सन्दर्भमा गीत तयार भएको छ ।

कृष्ण बिके ‘भान्जा’ र गीतार सञ्जीव बराइलीको एरेन्ज रहेको भिडियोमा कोरियोग्राफी र निर्देशन काजिश श्रेष्ठले गरेका छन् । छायांकन अर्जुन तिवारी र सम्पादन मिलन विश्वकर्माको रहेको छ। भिडियोमा दुर्गेशका साथमा चिरञ्जीवी देवकोटा, काजिश श्रेष्ठ, जीवन सहानी क्षत्री, लोमश शर्मा, सन्तोष बानियाँ र प्रेम खड्का देखिएका छन्।