१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वीरगञ्जमा भोलिदेखि अनिश्चितकालिन निषेधाज्ञा

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७७, शुक्रबार ११:३३

काठमाडौं । वीरगञ्जमा भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय प्रशासनले गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले साउन १० शनिबार बिहान ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा देखिएको आशङ्कापछि स्थानीय प्रशासनले राजनीतिक दल व्यवसायीसहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय गरेको हो । बैठकले कोरोना भाइरसको सङ्क्रमण रोक्न आवत जावत र परीक्षणको दायरा बढाउँदै लैजाने निर्णय पनि गरेको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञाको पालना गर्न पनि अपिल गरेको छ । वीरगञ्जमा शुक्रबार र बिहीबार गरी कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भैसकेको छ । ७५ जना सङ्क्रमितको गण्डकमा रहेको कोभिड अस्पतालमा उपचार भइरहेको छ । ती मध्ये दुईको अवस्था गम्भीर छ ।