१३ बैशाख २०८१, बिहीबार
Follow Us

साम्राज्ञीविरुद्ध भुवन गरे गाली बेइज्जतीको मुद्दा दर्ता

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७७, शुक्रबार १२:४९

काठमाडौ । अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतीको मुद्दा हालेका छन् । आज काठमाडौँ जिल्ला अदालतमा १० करोड क्षतिपूर्ति मागदाबीसहित साम्राज्ञीविरुद्ध उजुरी परेको हो । उजुरी दर्ता भएर प्रक्रियामा अगाडि बढिसकेको अदालतका सूचना अधिकारी ज्ञान बहादुर कार्कीले बताउनुभयो ।

नायिका साम्राज्ञीले असार १२ गते एक भिडिओ सार्वजनिक गर्दै भुवन केसीमाथि दुर्व्यवहारको आरोप लगाएकी थिइन् । चलचित्र छायांकनको क्रममा अपमान गर्नुका साथै धेरै पटक दुर्व्यवहार गरेको उनको आरोप थियो । साम्राज्ञीको आरोपको खण्डन गर्दै भुवनले जुन थालमा खायो त्यही थालमा दुलो पारेको प्रतिक्रिया दिएका थिए ।

त्यसपछि अर्को भिडिओ सार्वजनिक गर्दै साम्राज्ञीले जापानमा अवार्ड लिन जाँदा समेत शोषण गरेको आरोप लगाएकी थिइन् । त्यसपछि भुवनले अनावश्यक आरोप लगाएर चरित्र हत्या गरेको भन्दै सामाजिक सञ्जाल मार्फत अपमान नगर्न चेतावनी दिएका थिए ।

उक्त चेतावनीसँगै भुवनले छानविनका लागि कलाकार संघमा उजुरी दिएका थिए । विना प्रमाण आरोप लगाउन नमिल्ने भन्दै भुवनले दोषीमाथि कारवाही हुनुपर्ने माग राखेका छन् ।