१२ बैशाख २०८१, बुधबार
Follow Us

नाकामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७७, शुक्रबार १५:२५

काठमाडौ । काँकडभिट्टा नाकामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । तीन दिनअघि दुई जना सशस्त्रमा कोरोना संक्रमण देखिएको थियो । थप ४८ जनाको पिसीआर परीक्षण गर्न धरान पठाइएकोमध्ये १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

संक्रमित सशस्त्र प्रहरीहरु सीमा नाकासँगैको क्वारेन्टाइनमा खटिएका थिए। संक्रमित सशस्त्र प्रहरीलाई उपचारका लागि सुनसरीको गोठ गाउँ स्थित कोभिड अस्पतालमा पठाइएको छ ।