१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गण्डक कोभिड अस्पतालमा उपचारार्थ युबतीको मृत्यु

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७७, शुक्रबार १५:२६

काठमाडौ । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी बारा परवानीपुरकी १९ वर्षीया किशोरीको उपचारको क्रममा मृत्यु भएको छ । झाडापखाला र भाइरसको समस्या देखिएर अस्पताल भर्ना भएकी युवतीको उपचारको क्रममा आज साँझ मृत्यु भएको हो ।

युवतीको आरडीटीमा एन्डीबडी पोजिटिभ देखिएपछि स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ । पीसीआर परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको छ । किशोरीलाई शुक्रबार राति वीरगन्ज हेल्थ केयर अस्पतालले कोरोना विशेष अस्पतालमा पठाएको छ ।