September 30, 2020
10:29 PM | 3:14 AM

हत्या आरोपमा पक्राउ

  25/07/2020 मा प्रकाशित

झापाको मेचीनगर–२ बाहुनडाँगीमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय कपडा व्यवसायी नारायण आचार्यकोे हत्या आरोपमा संलग्न एक युवा पक्राउ परेका छन् । आचार्यमाथि उहाँकै पसलमा शुक्रबार धारिलो हतियार प्रहार भएको थियो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार शुक्रबार अपराह्न ४ बजेतिर भारी वर्षा भइरहेको अवस्थामा पसलमा बसिरहेका आचार्यमाथि धारिलो हतियार (दाउ) प्रहार गरी अभियुक्त भागेका थिए । आक्रमणमा गम्भीर घाइते हुनुभएका आचार्यलाई विर्तामोडको बिएन्डसी हस्पिटल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

घटना भएको सूचना पाएलगत्तै प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको पोखरेलले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया