७ बैशाख २०८१, शुक्रबार
Follow Us

युरोपेली मुलुकहरुमा कोरोना संक्रमण बढ्दै

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०७७, शनिबार ०६:१५

लन्डन । युरोपेली मुलुकहरुमा कोरोना भाइरसको संक्रमण थप फैलिएको छ । युरोपमा हालसम्म ३० लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । केही दिनयता संक्रमित र मृतकको संख्या पनि बढिरहेको छ ।

विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’को युरोप शाखाले संक्रमण बढेका मुलुकहरुलाई निधेषात्मक व्यवस्था अबलम्बन गर्न आब्हान गरेको छ । गत मे २० देखि युरोपभरि दैनिक औषत २० हजार जना संक्रमितहरू थपिने गरेको देखिएको छ। किर्गिजस्थान कोरोनाको महामारीबाट सवैभन्दा बढी ग्रसित भएको छ ।

त्यसैगरी मोन्टेनेग्रो, लक्जेम्वर्ग, बोस्निया हर्ज गोभिना, सर्बिया, रोमानिया र बुल्गेरिया पनि संक्रमण बढेको छ । यूरोपेली राष्ट्रहरू फ्रान्स, जर्मनी, बेलायत, स्पेन र इटली केहीसमय पहिलेसम्म अत्यधिक प्रभावित मुलुक रहेको भएपनि ती मुलुकहरूमा पछिल्लो समयमा संक्रमण घट्दो क्रममा रहेको छ ।