१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०७७, शनिबार ०६:१७

वीरगञ्ज । वीरगञ्जमा आज विहानदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो ।

महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लगाइएको प्रशासनले जनाएको छ । वीरगञ्जमा पछिल्ला तीन दिनमा तीन जनाको कोरोना भाइरसका कारण मृत्यु भैसकेको छ । ५७ जना कोरोना विशेष अस्पतालको आइसोलेसनमा छन् ।

कतै नगएका स्वास्थ्यकर्मी, कर्मचारी र सर्वसाधारणमा पनि संक्रमण देखिएपछि नियन्त्रण प्रयासका लागि निषेधाज्ञा लगाइएको प्रशासनले जनाएको छ ।