१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अस्पतालले भर्ना नलिँदा बिरामीको एम्बुलेन्समै मृत्यु

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०७७, शनिबार ०६:२०

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षले तत्काल बिरामीलाई भर्ना गराएर उपचार नगर्दा बिरामीको एम्बुलेन्समै मृत्यु भएको छ । अस्पतालको आकस्मिक कक्षबाहिर ल्याएर एक घण्टासम्म बिरामीलाई पर्खाउँदा उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदमबहादुर राईको मृत्यु भएको हो ।

राईलाई श्वास फेर्न समस्या भएपछि अस्पतालाई पु¥याइएको थियो । अस्पतालले भने बिरामी ‘क्रिटिकल’ अवस्थामा देखिएकोले धरान पठाउन रेफर गरिएको र सोही अवस्थामा मृत्यु भएको दावी गरेको छ ।

त्यस्तै कोशी अस्पताल विराटनगरमा भर्ना भएकी एक महिलाको आइसोलेसन वार्डमा मृत्यु भएको छ । सुनसरीको इनरुवाकी ४० वर्षीया जङ्गलीदेवी सरदारको उपचारको क्रममा मृत्यु भएको हो । मृतक सरदारको कोरानासँग मिल्लो लक्षण देखिएको थियो । उनको स्वाब पनि परिक्षणका लागि पठाइएको छ ।