१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रञ्जन कोइरालाको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति, पुनः सुनुवाइ हुने

नेपालब्रिटेन संवाददाता
११ श्रावण २०७७, आईतवार ०९:४२

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश फैसला पुनरावलोकन हुने भएको छ । न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले आज फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिएको हो ।

इजलासले अनुमति दिएसँगै यो मुद्दामा पुनः सुनुवाइ हुने भएको छ । राणा सहितको इजलासले गरेको फैसला त्रुटिपूर्ण थियो वा थिएन भन्ने आगामी दिनको सुनुवाइमा सर्वोच्चले जाँच गर्नेछ ।

पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला रिहा भएका छन् ।

सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले कोइराला छुटेकै दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो । सोही निवेदनमा सुनुवाई गर्दै सर्बोच्चले कोइरालाविरुद्धको मुद्दामा पुनः सुनुवाइ गर्न अनुमति दिएको हो ।