१६ चैत्र २०८०, शुक्रबार
Follow Us

धरानमा आगलागी, ११ वटा पसल जलेर नष्ट

नेपालब्रिटेन संवाददाता
१२ श्रावण २०७७, सोमबार ०७:०३

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ३ स्थित पालिका बजारमा आगलागी भएको छ । आगलागीमा परेर ११ वटा कस्मेटिक र तरकारी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताउनुभयो । विद्युत् सट भएर आगलागी हुँदा कल्पना तामाङ, रमा चौहान, अनिता आचार्जु, वसिम श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, प्रविना लिम्बु, इन्दिरा श्रेष्ठ, मिरा निरौला, सुरेन्द्र चौधरी, लालबहादुर राई र यामकुमार विकका पसल जलेर नष्ट भएको छ । धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।