१३ बैशाख २०८१, बिहीबार
Follow Us

कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेश रोक्न भारतले पठायो पत्र

नेपालब्रिटेन संवाददाता
१२ श्रावण २०७७, सोमबार ०७:०६

काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेशमा रोक लगाएको छ । भारत उत्तराखण्डको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पत्र पठाइ गुञ्जी, कालापानी, लिम्पियाधुरासहितका क्षेत्रमा प्रवेश रोक्न माग गरेको हो ।

पत्रमा अवैध रुपमा नेपालीहरु समूह बनाएर प्रवेश गरेको वा प्रवेश गर्न चाहेको सूचना प्राप्त भएको भन्दै सो कार्य रोक्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले पनि हालसालै नेपालले आफ्नो नक्सामा समावेश गरेको भुभागमा अवैध प्रवेश रोक्न आग्रह गरिएको व्यहोरोका पत्र धार्चुला प्रशासनबाट प्राप्त भएको पुष्टि गरेको छ ।

धार्चुला प्रशासनले लेखेको पत्रमा मिडियाको ध्यान तान्न र दुबै देशका प्रशासनलाई चिन्तित बनाउन नेपालीहरु समूह बनाएर भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा आउन चाहेको उल्लेख गरिएको छ । त्यस्तो किसिमको कुनै सूचना प्राप्त भएका उपलब्ध गराउन समेत धार्चुला प्रशासनले पत्रमा आग्रह गरेको छ ।

नेपालले हालै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नयाँ नक्सा जारी गरेपनि सो क्षेत्रको विषयमा भारतले विवाद गर्दै आएको छ ।