८ बैशाख २०८१, शनिबार
Follow Us

बर्दियामा क्वारेन्टाइनमै युवकले गरे आत्महत्या

नेपालब्रिटेन संवाददाता
१२ श्रावण २०७७, सोमबार ११:०७

बर्दिया । बर्दियाको एक क्वारेन्टाइनमा बस्दै आएका एक युवकले आइतबार राति आत्महत्या गरेका छन् । अछाम बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार आफन्त कहाँ आएका राम बहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमै आत्महत्या गरेका हुन् ।

क्वारेन्टाइन पछाडिको रूखमा आफुले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । युवक करिब दश दिन अघि भारतको राजस्थानबाट हिँडेका युवक महेन्द्रनगर हुँदै ठाकुरबाबामा आफन्तकहा आएका थिए । आफन्तले क्वारेन्टाइनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले ४ दिन अघि क्वारेन्टाइनमा लगेको थियो ।

उनको आइतबार दिउँसो पीसीआर परिक्षणका लागि स्वाब संकलन गरी पठाइएको थियो । पीसीआर रिपोर्ट अझै आई सकेको छैन । रिपोर्ट नआउँदै उनले आत्महत्या गरेका हुन् । उनी डिप्रेशनको बिरामी रहेको बताइएको छ । रिपोर्ट नआएकाले उनको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।