४ बैशाख २०८१, मंगलवार
Follow Us

सुनिल थापा आफ्नो टिमसहित आज कांग्रेस प्रवेश गर्दै

नेपालब्रिटेन संवाददाता
१३ श्रावण २०७७, मंगलवार ०३:५६

काठमाडौं । राप्रपा त्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा आज आफ्नो टिमसहित कांग्रेस प्रवेश गर्ने भएका छन् । पार्टी प्रवेश गरेपछि थापालाई सहमहामन्त्री र उनीसँग आउने ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी कांग्रेसले गरेको छ ।

प्रजातान्त्रिक शक्ति कांग्रेसलाई बलियो बनाउन भन्दै उनी कांग्रेस प्रवेश गर्न लागेका हुन् । राप्रपाका संस्थापक एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील थापाले राप्रपामा महामन्त्रीको जिम्मेबारी सम्हालिसकेका छन् ।

कांग्रेस शीर्ष नेतृत्व र थापा टोलिबीच पार्टी प्रवेशका विषयमा सहमति जुटिसकेको बताइएको छ । कांग्रेस प्रवेशका लागि थापाले आफूलाई महामन्त्री र अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य माग गरेका थिए । थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका थिए ।