१५ चैत्र २०८०, बिहीबार
Follow Us

पर्सामा थपिए १५ कोरोना संक्रमित

नेपालब्रिटेन संवाददाता
१३ श्रावण २०७७, मंगलवार ०४:००

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३ जना स्वास्थ्यकर्मीसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए अनुसार संक्रमित हुनेहरुमा १४ जना पुरूष र १ जना महिला रहेका छन् ।

संक्रमित हुनेमा २३ वर्षका पुरूषदेखि ५६ वर्षका पुरूष रहेका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा स्वास्थकर्मी, कन्टयाक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पीसीआर जांच गराएका देखी लिएर उद्योगहरुमा कार्यरत कर्मचारीहरु पनि रहेका छन् । एक जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका इलामका थुनुवामा समेत संक्रमण पुष्टि भएको छ ।

साउन ७ गते देखि ११ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित सबैलाई होम आइसोलेसनमा बस्न भनिएको छ ।

कोरोना विशेष अस्पताल गण्डकको आइसोलेसन वार्डमा ६१ जनाको संक्रमितको उपचार भैरहेकाले बाँकीलाई घरमै बस्न भनिएको हो । पर्सामा हालसम्म २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको संख्या बढेपछि महानगरपालिकाले एक घर एक पीसीआर परिक्षण अभियान चलाएको छ ।