११ बैशाख २०८१, मंगलवार
Follow Us

प्रचण्ड र नेपाल समूहको स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री अनुपस्थित

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७७, मंगलवार ०८:३०

काठमाडौं । लामो समयदेखि स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ ।
यसअघि देशभर बाढी पहिरोको जोखिम बढेपछि बैठक स्थगित भएको थियो । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले थप छलफल आवश्यक भएको भन्दै रोकेका थिए । अध्यक्ष ओलीको अनुपस्थितिमै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक सुरु गरेका हुन् ।

बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको थियो । लामो समय स्थगित भएर सुरु भएको बैठकले पार्टी भित्रको विवाद मिलाउने अपेक्षा गरिएको छ ।