१५ चैत्र २०८०, बिहीबार
Follow Us

यस्तो छ उद्धारको लागि हुने अन्तर्राष्ट्रिय उडान तालिका

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७७, मंगलवार १६:३७

लण्डन । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिकदेखि हुने चौथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले आगामी अगष्ट ८ तारिखसम्मको उडान तालिका सार्वजनिक गरेका हुन् ।
नेपाल एयरलाइन्सले अगष्ट ८ तारिखसम्म जम्मा १८ उडान गर्नेछ । युएइको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेसियाको क्वालालम्पुर र जापानको नारिता चाटर्ड उडान हुने निगमले जनाएको छ । हिमालयले पनि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म कुल १८ उडान गर्ने जनाएको छ । चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्ने जनाएको छ ।


कुन एयरलाइन्सका कति उडान

नेपाल एयरलाइन्स
जुलाई ३१ : जापान र कुवेत
अगष्ट १ : क्वालालम्पुर र कतार
अगष्ट २ : जेदाह र दुबई
अगष्ट ३ : अष्टे«लिया र कतार
अगष्ट ४ : दुबई र कतार
अगष्ट ५ : रियाद र दमाम
अगष्ट ६ : रियाद र दुबई
अगष्ट ७ : रियाद र दमाम
अगष्ट ८ : जेदाह र दुबई

हिमालय एयरलाइन्स
जुलाई ३० : कुवेत, अबुधावी
जुलाई ३१ : चीन (कुनमिङ) अबुधाबी, दोहा, क्वालालम्पुर
अगष्ट १ : कुवेत, अबुधाबी, क्वालालम्पुर
अगष्ट ३ : दोहा, अबुधाबी, क्वालालम्पुर
अगष्ट ४ देखि ७ सम्म :अबुधाबी, क्वालालम्पुर । दमाम

नेपालीको उद्धारका लागि विदेशी एयरलाइन्सले पनि जुलाई ३१ देखि ८ अगष्टसम्म चार्टर्ड उडान गर्नेछन् । जजीरा एयरले कुवेत, इत्तिहाद एयरले अबुधावी, एयर अरेबियाले सारजाह, फ्लाई दुबईले दुबई, कतार एयरवेजले दोहाबाट उद्धार उडान गर्नेछन् । सोही अवधिमा मालिन्दो एयरले क्वालालम्पुरबाट निरन्तर चार्टर्ड गर्ने जनाइएको छ । यसअघि नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो । दोस्रोपटक जुलाई १२ र तेस्रो पटक जुलाई २१ सम्म उडान गरेको थियो । हिमालयले जुन १६ देखि जुलाई १२ र जुलाई २१ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेको थियो ।
सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्णयअनुरुप विभिन्न चरणमा नेपाली स्वदेश फर्काइएको हो । नेपालीलाई फर्काउन गैरआवासीय नेपाली संघ, विदेशस्थित कुटनीतिक नियोग र दूतावासले सहकार्य गरिरहेका छन् । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गर्ने निर्णय गरिसकेको छ ।

मलेसियाबाट थप ११ उडान हुने

कोरोनाको कारण मलेसियामा समस्यामा परेका नेपालीहरूको उद्धारका लागि थप ११ उडान हुने भएको छ । मलेसियास्थित नेपाली दूतावासले साउन १८ देखि साउन २४ गतेसम्म हुने चार्टर्ड उडानको तालिका सार्वजनिक गरेको हो । नेपाल एयरलाइन्स, मलिन्दो एयरलाइन्स र हिमालयन एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरबाट ११ उडान गर्ने दूतावासले जनाएको छ ।
नेपाल र हिमालयन एयरलाइन्सको भाडादर ४५ हजार १ सय रुपैया“ कायम छ भने मलिन्दो एयरलाइन्सको भाडादर ४२ हजार ४२ रुपैया“ छ । हालसम्म मलेसियाबाट ५ हजार ३ सय ३३ नेपाली स्वदेश फर्किइसकेका छन् । यस्तै हालसम्म मलेसियाबाट ७२ जनाको शव नेपाल ल्याइएको छ ।