१५ चैत्र २०८०, बिहीबार
Follow Us

सन्दीप लामिछाने सीपीएल खेल्न भोलि जाँदै

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०७७, बुधबार ०७:२६

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग ‘सीपीएल’ खेल्न भोलि वेस्ट इन्डिज जाने भएका छन् । कोरियन चार्टर फ्लाइटबाट सीपीएल खेल्न उनी त्यसतर्फ जान लागेका हुन् ।

कोरोना भाइरस माहामारीका कारण ठप्प बनेको हवाई उडानको कारण यसअघि सन्दीपले प्रतियोगिता गुमाउने सम्भावना देखिएको थियो । व्यवस्थापक रमन शिवाकोटीले आज ट्वीट गर्दै सन्दीय सीपीएल खेल्न जाने निश्चित भएको जानकारी दिएका हुन् ।

ट्रिनिडाड एन्ड टोबेगो हुँदै सन्दीप अगष्ट एक तारिखमा वेष्ट इन्डिज पुग्ने बताइएको छ । यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले १ करोड ५७ लाख रुपैयाँमा अनुबन्ध गरेको हो ।

उनले तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन् । यो वर्षको सीपीएल अगष्ट १८ बाट हुँदैछ । ट्रिनिडाड एन्ड टोबेगोमा प्रतियोगिता सेप्टेम्बर १० सम्म सञ्चालन हुनेछ ।