१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित हुने प्रहरीको संख्या ३५ पुग्यो

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०७७, बुधबार ०७:३०

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कोरोना संक्रमित हुनेको संख्या ३५ पुगेको छ । प्राय संक्रमित कार्यालयको सवारी शाखामा कार्यरत रहेका छन । संक्रमितमा असई एक, हवल्दार छ, प्रहरी जवान २६ र कार्यालय सहयोगी २ जना रहेको प्रहरीले जानकारी दिएको छ ।

ठुलो संख्यामा प्रहरी संक्रमित भएपछि संक्रमितको सम्पर्कमा आएका ब्यक्तिको पीसीआर परीक्षण सुरु गरिएको छ । कार्यालयमा अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई प्रवेशमा समेत रोक समेत लगाइएको छ । मंगलबार राजधानीमा २८ प्रहरी सहित ६१ जनामा संक्रमण देखिएको थियो ।

काठमाडौं उपत्यकामा एकै दिन संक्रमण पुष्टि हुनेको संख्या अहिलेसम्मकै धेरै हो । थपिएकामध्ये २५ प्रतिशत विरामी लक्षण सहितमा रहेका छन । संक्रमणको विस्तार रोक्न जनस्वास्थ्यका विभिन्न प्रक्रिया कडाइसाथ लागू नगरिए समुदायमा कोरोना फैलिन सक्ने चेतावनी स्वास्थ्यकर्मीहरुले दिएका छन ।