१५ चैत्र २०८०, बिहीबार
Follow Us

हङकङमा अहिलेसम्मकै कडा नियम लागू

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०७७, बुधबार ०७:३६

हङकङ । कोरोना भाइरस संक्रमण बढदै जान थालेपछि हङकङमा अहिलेसम्मकै कडा नियम लागू गरिएको छ । पछिल्लो समय दैनिक १ सय भन्दा धेरै संक्रमित थपिदै गएपनि नयाँ नियम लागू गरिएको हो । नयाँ नियम अनुसार फरक परिवारका दुई जना व्यक्ति मात्रै भेट्न पाइने छ ।

त्यस्तै रेष्टुरेन्टमा बसेर खान नपाइने ‘टेक–अवे’ सिस्टम लागू गरिएको छ । सार्वजनिक स्थलमा मास्कको प्रयोग पनि अनिवार्य गरिएको छ । जिमखाना तथा ब्युटिपार्लरहरु भने पहिलेदेखि नै बन्द रहेका छन् ।

हङकङमा मंगलबार एक सय छ जना संक्रमित थपिएका छन् । हङकङमा कोरोनाका कारण हालसम्म २३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २ हजार ८ सय ८५ पुगेको छ ।