१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रतिघण्टा १७ जना मर्छन् भारतमा सडक दुर्घटनाबाट

नेपालब्रिटेन डट कम्
२१ असार २०७३, मंगलवार १९:४४


मोहिनी मिश्र रिसाल ।

सडक दुर्घटनाका कारण भारतमा प्रत्येक एक घण्टामा कम्तीमा पनि १७ जना नागरिकको ज्यान जाने गर्छ । यसरी हरेक साढेतीन मिनेटमा एक जना भारतीयको मृत्यु सडक दुर्घटनाबाटै हुने गरेको छ । यो तथ्याङ्कअनुसार भारतमा हरेक दिन करिब ४०० जनाले सडक दुर्घटनाबाटै ज्यान गुमाउने गर्छन् ।
भारतीय सञ्चारमध्यमहरु भन्ने गर्छन्, भारतमा आतङ्कवादी हमला वा प्राकृतिक प्रकोपबाट भन्दा सडक दुर्घटनाका कारण बढी संख्यामा मानिसले ज्यान गुमाउने गरेका छन् । हालै एक भारतीय पत्रिकाले लेखेको छ– भारतमा हरेक दिन करिब ४०० नागरिकको मृत्यु सडक दुर्घटनाका कारण हुने गरेको छ र यो सङ्ख्या हरेक दिन एउटा जेट विमान दुर्घटनाग्रस्त भएर नागरिकको मृत्यु भएको भन्दा पनि अझै केही बढी हो ।
यस सम्बन्धमा भारतीय सरकार नै गम्भीर हुन नसकेको गुनासो नागरिकले व्यापक मात्रामा गर्ने गरेका छन् । सडक दुर्घटना नियन्त्रण गर्न सरकारको पछिल्लो दुई वर्षको प्रयास व्यापक रुपमा केन्द्रित भएको र यसपूर्व खासै ध्यान नदिने गरिएकाले पहिलेको हेलचेत्र्mयाईंका कारण मुलुकले यस्तो परिणाम भोग्नु परेको उनीहरुको दाबी छ । तर त्यो पछिल्लो सरकारी अभियानले पनि अधिक रुपमा प्रभाव पार्न नसकेको नै स्पष्ट देखिन थालेको छ ।
युद्ध, महामारी वा दैवी प्रकोप वा सैनिक कारबाही नभई दयालाग्दो सडक दुर्घटनाबाट मानवक्षति ब्यहोर्नुपरेको कारण आफू आहत भएको भारतका केन्द्रीय यातायात मन्त्री नितिश गड्करीले बताउनुभएको थियो । सरकारी अधिकारीहरु पनि यस्तै प्रतिक्रिया दिने गर्छन् । भारतमा हालै सार्वजनिक गरिएको सन् २०१५ को सडक दुर्घटनाको तथ्याङ्कप्रतिवेदनमा यो तथ्य उल्लेख गरिएको छ ।
सन् २०१५ मा भएका पाँच लाख एक हजार ४२३ सडक दुर्घटनामा एक लाख ४६ हजार १३३ मानिसले ज्यान गुमाएका थिए । यस अङ्क सन् २०१४ को तुलनामा पाँच प्रतिशतले वढी हो । गत वर्ष नै करिब पाँच लाख मानिस सडक दुर्घटनाबाटै घाइते भएका तथ्याङ्क त्यहाँको यातायात मन्त्रालयद्धारा प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१३ मा भारतमा भएको सडक दुर्घटनामा एक लाख ३७ हजार व्यक्तिको मृत्यु भएको थियो । भारतमा हुने गरेको सडक दुर्घटनामा हरेक दिन ६ बालबालिकाले पनि ज्यान गुमाउने गरेका छन् ।
सडक दुर्घटनामा परी मृत्युहुने सबै सङख्याको आधाभन्दा बढी ९५४ प्रतिशत० उत्पादनशील उमेर समूह १५ देखि ३४ बर्षसम्मका व्यक्तिहरु रहेका अर्को एक तथ्याङ्कमा कहालीलाग्दो गरी प्रस्तुत गरिएको छ । प्रत्येक १० सडक दुर्घटनामध्ये करिब आठवटा दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको बताइएको छ । यी दुर्घटनामध्ये ६२ प्रतिशतभन्दा बढी अनियन्त्रित गतिका कारण हुने गरेको उक्त प्रतिवेदनले देखाएको छ ।
देशको राजमार्ग सञ्जाललाई ९६ हजार किलोमिटरबाट दुई लाख किलोमिटर पु¥याई बढ्दो सडक यातायात भारलाई खुकुलो पारी दुर्घटना सङ्ख्या पनि न्यूनिकरण गर्ने सरकारी योजना कार्यान्वयन भइरहेको केन्द्रीय यातायात मन्त्रालयको दाबी छ । सडक दुर्घटनाका कारण देशले प्रत्येक वर्ष कूल गार्हस्थ उत्पादनमा तीन प्रतिशतका दरले क्षति बेहोर्नु परेको भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीले बताउनुभयो ।
साथै मन्त्रालयले कमसल खाले सडक संरचनामा स्तरोन्नति गर्ने, बारम्बार दुर्घटना भइरहने स्थल ९ब्ल्याक स्पट० सबै पहिचान गरी त्यहाँ पूर्व सावधानी अपनाउन चेतावनी दिने बिद्युतीय संयन्त्र जडान गरी समग्र सडक यातायात प्रणालीलाई सुरक्षित पारिने प्रबिधिको बिकास गर्ने बिधेयक आउँदो संसद अधिवेसनमा ल्याउने तयारी गरिएको उहाँले बताउनु भएको छ ।
प्रस्तावित बिधेयकमा अन्य धेरै उपाय अबलम्बन गरिने प्रणालीका अतिरिक्त चालकको लापरबाही वा चालकले जानाजानी गराएको दुर्घटनाका कारण कसैको मृत्यु भएमा चालकलाई न्यूनतम ७ बर्ष काराबासको दण्ड, ट्राफिक नियम मिच्ने वा पालना नगर्ने चालकलाई अत्यन्तै कठोर सजाय दिइने जस्ता दण्डहरुको प्रावधान राखिएको छ ।
सडक यातायात विज्ञ तथा बिश्लेषकहरुले भारतमा अत्याधिक सङख्यामा सडक दुर्घटना हुनुमा थोत्रा वा उचित मर्मत संभार नगरिएका सडकहरुमा सवारी साधनको अत्याधिक चाप हुनु, उचित मर्मत संभार नपाएका सवारी साधनहरु जथाभाबी सडकमा गुडाइनु, तीब्र गतिमा सवारी साधनहरु चलाईनु, यस्ता गतिविधिहरु नियन्त्रण गर्नमा राज्य उदासीन रहनु, सडक सुरक्षा नियम, ऐन, कानूनहरु पर्याप्त नहुनु र त्यसमाथि बिद्यमान ऐन, कानूनहरु कडाईका साथ पालन नगरिनु, नगराइनु जस्ता प्रमुख तत्वहरुलाई दोषारोपण गर्दछन् ।
सडक दुर्घटना र यसबाट हुने मृत्युका धेरै कारणहरु मध्ये मादक पदार्थ सेवन गरी सवारी साधन चलाइनु नै प्रमुख हो । त्यस्तै भारतमा सवारी साधन चलाउने प्रमाणपत्र ९ड्राइभिङ्ग लाईसेन्स० जारी गरिएको सङ्ख्याको ३० प्रतिशत जति त नक्कली भएकोले पनि यस्तो हुन गएको सरकारी अधिकारीहरु नै स्वीकार्दछन् । विश्वभरी गुड्ने सवारी साधनको कूल संख्याको एक प्रतिशत मात्र भारतमा रहेको तर सडक दुर्घटनाबाट मृत्यु हुनेहरुको कूल सङख्याको पन्ध्र प्रतिशत अंश भने भारतले ओगटेको भनी विश्व बैंकको हालैको तथ्यांकले देखाएको छ ।
सडक दुर्घटनामा परी अत्यधिक संख्यामा मानिसहरुको मृत्यु हुने १० भारतीय महानगरमा नयाँ दिल्ली, चेन्नइ ९मद्रास०, जयपुर, बैंगलोर, मुम्बइ, कानपुर, लखनउ, आगरा, हैदराबाद, पुणे जस्ता ठूला शहरको नाम क्रमशः अग्र पंक्तिमा आउछ । सडक दुर्घटना र धन, जनको क्षतिसम्बन्धि थप तथ्याङक हेर्दा तमिलनाडु अगाडि आउछ । यिनै संख्याले देशभरी सडक दुर्घटनामा परी मृत्यु भएकाहरुको समग्र संख्याको करीब ८३।६ प्रतिशत अंश ओगट्छन् । उत्तर प्रदेश राज्यमा सडक दुर्घटनाबाट प्रत्येक घण्टा दुईजनाको मृत्यु हुने गरेको छ ।
त्यस्तै सन् २०१५ मा विशाल महानगरको अङ्क हेर्दा मुम्बईमा सडक दुर्घटनाको सबभन्दा ठूलो संख्या २३ हजार ४६८ वटा पाइयो भने दिल्लीमा सबभन्दा ठूलो मृत्यु सङ्ख्या एक हजार ६२२ वा पाँचदेखि छ व्यक्ति प्रतिदिन पाइयो । यी दुबै महानगरमा मोटरसाइकल, स्कूटर जस्ता दुइपाङग्रे सवारी साधन अत्यधिक संख्यामा दुर्घटनामा परेका पाइए ।
स्मरणिय छ, ब्राजिल घोषणापत्रमा भारतले पनि हस्ताक्षर गरेको छ र उक्त घोषणापत्रको अनुसरण गर्दै सन् २०२० सम्ममा सडक दुर्घटना र सोबाट हुने मृत्यु संख्यालाई हालको भन्दा ५० प्रतिशतमा झार्ने प्रतिवद्धता ब्यक्त गरेको छ । व्याबसायिक निपुणताका लागि विश्वप्रसिद्ध भारतीय सरकारी संयन्त्र ब्राजिल घोषणापत्र अनुसारको लक्ष हासिल गर्न सफल हुनेमा भारतीय अधिकारीहरु पनि विस्वस्त छन् ।
सडक दुर्घटना न्यूनीकरण गर्ने विभिन्न मापदण्ड, कडा कानूनी प्रावधान र उपायहरू अपनाए पनि अपेक्षित सुधार ल्याउन नसकिएको भनी भारतको केन्द्रीय यातायात मन्त्रालयले जनाएको छ । केन्द्रीय यातायात मन्त्री नितीन गडकरीले सडक दुर्घटना कमगर्न भारतीय सडक संरचनामा व्यापक सुधार गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै सडक दुर्घटनाका कारण भारतीय नागरिकले उच्च सङ्ख्यामा गर्नुपरेको यो मृत्युवरणको अवस्था धेरै समयसम्म नरहने विश्वास दिलाउनुभएको छ ।