August 13, 2020
11:38 AM | 4:23 PM

लकडाउनमा बेलायतमै रोकिनेको भिसा नथपिने

  29/07/2020 मा प्रकाशित

लण्डन । कोरोना संक्रमण रोकथामको प्रयासमा लागू भएको लकडाउनका कारण बेलायतमा राकिएका विदेशीहरुको भिसा नथपिने भएको छ ।

बेलायतको भिसा सम्बन्धी काम गर्दै आएको भिसा क्वेष्टका निर्देशक विष्णु खरेलका अनुसार बुधबार वेलायतस्थित होम अफिसले एक सूचना जारी गर्दै अस्थाई भिसामा भएकाहरुको स्वतः भिसा नथप्ने निर्णय सार्वजनिक गरेको हो ।

यसअघि बेलायत सरकारले लकडाउनका कारण रोकिएका भिजिट, सेमिनार लगायतको अस्थाई भिसामा आएकाहरुका विदेशीहरुको भिसा जुलाई ३१ सम्म स्वतः थप गरेको थियो ।
खरेलका अनुसार लकडाउन पछि विश्वभर नियममित उडान सुरु भएको कारण देखाउदै होमअफिसले ३१ अगष्ट सम्म बेलायत छोड्न भनेको छ ।

३१ अगष्ट सम्म बेलायत छोड्न नसक्नेहरुले विषेश कारण सहित वेलायतको होम अफिसमा आवेदन दिनु पर्ने छ । लकडाउनका कारण १ सय भन्दा बढीको संख्याका नेपालीहरु बेलायतमै रोकिएको अनुमान छ ।

प्रतिक्रिया