१३ बैशाख २०८१, बिहीबार
Follow Us

ब्रेन्टफोर्ड च्याम्पियनसिप फुटबल प्ले अफको फाईनलमा

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०७७, बिहीबार १०:१६

काठमाडौं । स्वान्सी सिटीलाई हराउँदै ब्रेन्टफोर्डले इंग्लीश फुटबलको शिर्ष श्रेणी प्रिमियरसिपमा उक्लिने संभावना बलियो पारेको छ । च्याम्पियनसिप प्ले अफ् अन्तर्गत गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा ब्रेन्टफोर्ड ३–१ ले विजयी भयो । पहिलो लेगमा स्वान्सी सिटीसँग भोगेको १–० को हार उल्टाउदै ब्रेन्टफोर्ड समग्रमा ३–२ को जित निकाल्दै प्ले अफ्को फाईनलमा पुगेको हो ।

प्ले अफ्को फाईनलमा अब ब्रेन्टफोर्डले फुल्हम र कार्डिफ सिटीबिचको दोस्रो सेमिफाईनल खेल विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो लेगमा फुल्हमले कार्डिफ सिटीमाथि २–० को अग्रता लिएको छ । च्याम्पियनसिपको प्ले अफ् फाइनल खेलमा विजेता हुने टोली प्रिमियर डिभिजनमा बढुवा हुनेछ । यो सिजनको च्याम्पियनसिपबाट लिड्स युनाईटेड र बेष्ट ब्रोमविच आल्बियोन प्रिमियर डिभिजनमा उक्लिसकेका छन् ।

बढुवा हुने तेस्रो टोलीका लागि च्याम्पियनसिपका तेस्रो देखि छैटो स्थानसम्मका चार टोलीचिब प्ले–अफ् भईरहेको छ ।