८ बैशाख २०८१, शनिबार
Follow Us

अफ्रिकामा एक नेपालीको निधन, कोरोनाको आशंका


१५ श्रावण २०७७, बिहीबार २२:१२

जोहान्सबर्ग । अफ्रिकी महादेशको दक्षिण अफ्रिकास्थित जोहान्सबर्गमा कोरोनाबाट एक नेपाली युवाको निधन भएको छ ।

पांचथर घर भएका ३४ वर्षीय नियालसन बोखिम लिम्बुको निधन कोरोनाका कारण भएको शंका गरिएको एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले जानकारी दिएका छन् ।

कोरोनाको रिपोर्ट भोलि शुक्रबारसम्म आइपुग्ने जनाइएको छ । उनी वासिङ पाउडर बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरको रुपमा कार्यरत थिए । उनीसंगै विदेशमा कोरोनाका कारण निधन हुने नेपालीको संख्या १६२ जना पुगेको छ ।