१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोनाबाट वीरगञ्जमा एकैदिन ३ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०७७, शुक्रबार ०४:१०

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा भारतीय नागरिक ५६ वर्षीया पुरुषको बिहीबार राति एघार बजे मृत्यु भएको हो ।

मृतक वीरगन्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका प्रमुख कार्यकारी अधिकृत हुन् । उनमा साउन छ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी साउन सात गते गण्डकस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

वीरगन्जमा बिहीबार नै कोरोना संक्रमित अरु दुई जनाको पनि मृत्यु भएको थियो । मृत्यु हुनेमा वीरगञ्ज उपमहानगरपालिका १६ नगवाका ३५ वर्षीय युवा र वीरगञ्ज २ छपकैयाका ६५ वर्षीय वृद्ध छन् ।

दुबैको मृत्यु पिसिआर परीक्षणको रिपोर्ट आउनु अघि नै भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।