१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपालसहित सात मुलुकलाई कुवेत प्रवेशमा रोक

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०७७, शुक्रबार ०४:१३

काठमाडौं । नेपालमा कोरोनाको जोखिम बढ्दै गएपछि नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रुपमा रोक लगाइएको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो । ती देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स छन् ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले बिहीबार यस्तो निर्णय गरेको जनाइएको छ । कुवेतमा अन्तर्राष्ट्रिय हवाई सेवा १ अगष्टदेखि फेरि सुरु हुँदैछ । लकडाउनका कारण कुवेतमा समस्यामा परेका कतिपय नेपालीहरुलाई नेपाल सरकारले उद्धार गरेर ल्याएको छ । नेपालबाट वैदेशिक रोजगारीको सिलसिलामा खाडीका विभिन्न मुलुकमा गएका २० लाखभन्दा बढी नेपाली कार्यरत रहेको बताइन्छ । अन्य मुलुकभन्दा कुवेत र दुबईमा रहेका नेपाली कामदार कोरोना महामारीका कारण बढी समस्यामा परेका छन् ।

त्यसमा पनि कुवेतमा गैरकानूनी रूपमा बसेका घरेलु कामदारहरु बढी समस्यामा परेका छन् । कुवेत सरकारले गैरकानूनी रुपमा रहेका कामदारलाई विशेष प्याकेज मार्फत नेपाल फर्काउने तयारी गरेको थियो ।