१५ चैत्र २०८०, बिहीबार
Follow Us

फिफा अध्यक्ष इन्फान्टिनोविरूद्ध मुद्दा दायर

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०७७, शुक्रबार ०६:०५

जेनेभा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोविरूद्ध फौजदारी अभियोगको मुद्दा दायर भएको छ । स्विट्जरल्यान्डमा उनीविरुद्ध मुद्दा दायर भएको हो ।

इन्फान्टिनोविरुद्ध स्विट्जरल्यान्डका महान्यायाधिवक्ता मिकेल लौबेरसँग गोप्य बैठक गरेको आरोप लगाइएको छ । महान्यायाधिवक्ताले गत साता पदबाट राजीनामा दिएका थिए । अदालतले लौबरले फिफाको छानविन गरिरहेका बेला फिफा अध्यक्ष इन्फान्टिनोलाई भेटेको कुरा लुकाएको जनाएको छ ।

फिफा अध्यक्ष जियानी र महान्यायाधिवक्ता लौबेर दुबैले आफुले गल्ती नगरेको बताउदै आएका छन । फिफाले विज्ञप्ति जारी गर्दै अनुसन्धानमा सहयोग गर्ने जनाएको छ ।