१३ बैशाख २०८१, बिहीबार
Follow Us

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०७७, शुक्रबार ०८:५१

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाले बताए । उनलाई ६ साउनमा पाटन अस्पतालको आइसियुमा भर्ना गरिएकी उनको आज उपचारकै क्रममा निधन भएको हो । डा. शर्माका अनुसार ती ६५ वर्षीया महिला उच्च रक्तचापकी बिरामी थिइन् ।