१२ बैशाख २०८१, बुधबार
Follow Us

सुनको मूल्य तोलाको ९९ हजार ३ सय पुग्यो

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०७७, शुक्रबार ०८:५२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रति तोला एक लाख नजिक पुगेको छ । आज छापावाल सुन प्रति तोला तीन सय रुपैयाँले बढेर ९९ हजार तीन सयमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

यसैगरी तेजाबी सुन पनि महँगिएर प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढको थियो । चाँदीको मूल्य भने प्रति तोला २५ रुपैयाले घटेर १२ सयमा कारोवार भएको छ ।

साउन पाँच गतेदेखि सुनको मुल्य निरन्तर उकालो लागेको छ । कोरोनाका कारण अर्थतन्त्र प्रभावित भएका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा सुनको मूल्य बढ्दै गएको छ ।