१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रहरी हेडक्वार्टरमा थप २८ प्रहरीमा कोरोना संक्रमण पुष्टि

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०७७, शुक्रबार ०९:४७

काठमाडौं । प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) नक्सालमा कार्यरत थप २८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमित प्रहरीको संख्या ७२ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आजसम्म संक्रमितको संख्या ७२ पुगेको हो । जसमा सई एक, असई तीन, हवल्दार १७, प्रहरी जवान ४९ र कार्यालय सहयोगी दुईजना छन् । अधिकांश संक्रमित सवारी शाखाका छन् ।