१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘कोभिड-१९’ मा सहयोग गर्ने संघसंस्थाप्रति लन्डन दूतावासद्वारा उच्च प्रसंसा (विज्ञप्ति सहित)

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७७, शुक्रबार १८:४०

लण्डन। कोभिड-१९ बाट पीडित बेलायतवासी नेपालीहरुलाई पुर्याएको सहयोगप्रति नेपाली राजदूतावास लण्डनले धन्यबाद दिएको छ । बेलायतस्थित नेपाली राजदूतावास लन्डनले शुक्रबार विज्ञप्ति जारी गरी सहयोगका लागि विशेष योगदान गर्ने सवै संघसस्थाहरुलाई एकै पटक धन्यवाद दिएको हो ।

विज्ञप्तीमा ‘एनआरएनए यूके आयरल्याण्ड र माल्टा, राजदूतावासबाट वेलायत, आयरल्याण्ड र माल्टामा गठित कोरोना प्रकोप सम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति र मर्जिङ नेपसक्स लगायत सबै संघसंस्था र समाज एवं समाजसेवी र स्वयंसेवकहरुलाई धन्यबाद ज्ञापन’ गरेको हो।

ति संघसंस्था र ब्यक्तिहरुले कोरोना संक्रमणबाट पीडित बेलायत, आयरल्याण्ड र माल्टामा रहेका विद्यार्थी र वृद्धवृद्धा लगायत सम्पूर्ण नेपालीहरुलाई विभिन्न संघसंस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरेका थिए । बेलायत सरकारका सम्बन्धित निकायहरु, स्थानीय काउन्सिलहरु र गोरखा वेलफेयर ट्रस्टलगायतका निकायहरु एवं आयरल्याण्ड र माल्टा सरकारका सम्बन्धित निकायहरुको योगदानलाई दूतावासले उच्च प्रसंसा गरेको छ ।