७ बैशाख २०८१, शुक्रबार
Follow Us

शव व्यवस्थापन गर्न प्रहरीद्वारा हवाइ फायर

नेपालब्रिटेन संवाददाता
१७ श्रावण २०७७, शनिबार ०६:२५

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको शव व्यवस्थापन गर्ने विषयमा पर्सामा शुक्रबार राति स्थानीय र प्रहरीबीच झडप भएको छ । वीरगञ्जको अस्थायी कोभिड अस्पतालमा बिहीबार मृत्यु भएका व्यक्तिको शव दाहसंस्कार गर्न गएको नेपाली सेनाको टोलीलाई स्थानीयले ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको हो ।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले हवाई फायर तथा अश्रु ग्यास प्रहार गरेको छ । उपचारका क्रममा बिहीबार मृत्यु तीन जनाको शव व्यवस्थापन गर्न पर्सा राष्ट्रिय निकुञ्जको सात किलोमिटरभित्र सेनाले गर्न लागेको थियो ।

त्यहाँ शव लैजानु अगाडि मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो । जंगलमा शव गाड्न लैजान अवरोध गरेपछि हवाई फायर गरिएको प्रहरीले जनाएको छ । झडपपछि सेनाले तीनैजनाको शव स्वास्थ्य मापदण्ड अनुसार गरेको छ ।