१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गुल्मीमा पहिरोमा पुरिएर एकै घरका चार जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१७ श्रावण २०७७, शनिबार ०६:२६

गुल्मी । गुल्मीमा पहिरोमा परेर नावालक सहित एकै परिवारका चार जनाको मृत्यु भएको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्र्तगत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर माथिवाट ठूलो चट्टान सहितको पहिरो खसेका कारण घर चारै जनाको घटना स्थलमै मृत्यु भएको हो । पहिरोमा पुरिएर मृत्यु हुनेमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बिना बोटेमाझी, उनका दशबर्षका छोरा हेमन्त बोटेमाझी, वर्ष ७ का सागर बोटेमाझी र दश महिनाकी छोरी बिनिता बोटे माझी रहेको प्रहरीले जनाएको छ घरधनी राजु बोटेमाझी भने वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ ।