८ बैशाख २०८१, शनिबार
Follow Us

जनसम्पर्क समिति बेल्जियमकी संयोजक सापकोटाद्धारा पार्टी समक्ष क्षमायाचना (पत्र सहित)


१७ श्रावण २०७७, शनिबार ०७:१७

लण्डन । विदेशमा बसेर पार्टीका नेताहरुलाई गालीगलोजको आरोप लागेकी नेपाली जनसम्पर्क समिति बेल्जियमकी संयोजक सिता सापकोटाले आफ्नो गल्ती स्वीकार गर्दै पार्टी समक्ष क्षमा मागेकी छन् ।

उनलाई पार्टी अनुशासनविरुद्ध गतिविधि गरेको भन्दै मिति १७ असार २०७७ को पत्र अनुसार २० दिनभित्र लिखित स्पष्टिकरण दिन भनिएको थियो ।

सापकोटाले पार्टीको अनुसशासन समिति समक्ष आफुले गल्ती गरेको स्वीकार गर्दे पार्टी समक्ष क्षमयाचनाको लागि आग्रह गर्दै स्पष्टिकरण दिएकी छन् ।

उनले नेता निधिले पार्टी र सभापति देउवालाई सिध्याएको भन्दै आफ्नो फेसबुक टाइमलाइनमा स्ट्याटस लेखेपछि उनीविरुद्ध पार्टी कार्यालयमा उजुरी परेको थियो।

सापकोटाले १९ जुन २०२० मा अनुशासन समितिको संयोजक भीष्मराज आङ्गदेम्बेलाई सम्वोधन गर्दे नेपाली कांग्रेसलाई लेखेको पत्रमा ‘नेपाली कांग्रेसका आदरणीय नेता ज्युहरुलाई अपमान र मानमर्दन हुने काम म बाट कहिल्यै नभएको र भविष्यमा पनि नहुने स्पष्ट पार्न चाहन्छु’ भनिएको छ ।

उनले स्पष्टिकरणमा मेरो मेरो जुनसुकै सामग्रीले जुनसकै मिति र जुनसुकै सामाजिक संजालमा प्रकाशित भएर जुनसुकै मेरा समादरणीय नेताज्युहरुको सम्मानमा आँच पुग्न भएको भए म हार्दिकतापूर्वक क्षमाप्रार्थी छु’ उल्लेख छ । ।

यसअघि सापकोटाले पार्टी नेता विमलेन्द्र निधिलाई मधेशीको मतियार भएको आरोप लगाएर सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकी थिइन्। ।

सापकोटाले पटक–पटक पार्टीको निर्णय र निर्देशनलाई अपहेलना गर्दै आएको आरोप लागेको थियो ।

सापकोटाविरुद्ध नेपाली जनसम्पर्क समिति युरोप संयोजक दिल गुरुगंले पार्टीमा उजुरी दिएका थिए।

 

विदेशमा बसेर पार्टी नेतालाई गाली गर्नेविरुद्ध कांग्रेसले सुरु ग-यो कारबाही