१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नायिका थापा राप्रपा प्रवेश

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७३, सोमबार १०:१०

काठमाडौं । चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमबीच राप्रपा अध्यक्ष कमल थापाले नवप्रवेशी थापालाई टीका र माला लगाएर स्वागत गर्नुभयो ।
आफूले चार वर्षदेखि विभिन्न राजनीतिक पार्टीको अध्ययन गरिरहेको र राप्रपासँग भावना मिलेकाले पार्टी प्रवेश गरेको नायिका थापाले बताउनुभयो ।
राजनीतिक हिसाबले पहिलो र अन्तिम घर नै राप्रपा भएको बताउने थापाले अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता नलिएको खुलासा पनि गर्नुभयो ।
“म हिन्दू नारी हुँ, राष्ट्रवादी केटी भएकाले आफ्नो विचार राप्रपासँग मेल खाएकाले लागेकी हुँ, निकै ‘एक्साइटेड’ र हर्षित छु,”– उहाँले भन्नुभयो ।
आफूले खेलेको नेपाली चलचित्र दुर्गा, काली र चम्पाजस्ताको भूमिकाले आफ्नो सिद्धान्त र स्वभावलाई पुष्टि गर्ने उहाँको भनाइ थियो । यसअघि चर्चित गायिका कोमल वली राप्रपामा प्रवेश गर्नुभएको थियो ।