१३ बैशाख २०८१, बिहीबार
Follow Us

भ्रष्टाचार विरोधी अभियान्ता प्रेम सञ्जेलमाथि कार्यकक्षमै कुटपिट

नेपालब्रिटेन संवाददाता
१७ श्रावण २०७७, शनिबार १०:४०

इटहरी । प्रदेश–१ का श्रम तथा रोजगार कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेल कर्मचारीद्वारा कार्यकक्षमै कुटिएका छन् । उनीमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन प्रहार भएको प्रहरीले जनाएको छ । कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ ।

भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि आज शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले सञ्जेलमाथि सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको बताए ।

प्रहरी स्रोतका अनुसार सञ्जेलसँग छलफल गर्नु छ भन्दै कार्यकक्षमा प्रवेश गरेका दुई जना कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् ।