८ बैशाख २०८१, शनिबार
Follow Us

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

नेपालब्रिटेन संवाददाता
१७ श्रावण २०७७, शनिबार १२:०३

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । आज थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २० हजार नाघेको हो । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको मन्त्रालयले बताएको छ ।

मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १४ हजार ४ सय ९२ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पीसीआर परीक्षण गरिएको छ। देशभर हालसम्म ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।