१५ बैशाख २०८१, शनिबार
Follow Us

‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई भेट्न देउवा बसन्तपुरमा

नेपालब्रिटेन संवाददाता
१७ श्रावण २०७७, शनिबार १५:२७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई भेट्न बसन्तपुर पुगे । सतप्रतिशत पीसीआर परीक्षणको माग राख्दै अनसन बसिरहेका अभियन्ताहरुलाई समर्थन गर्न सभापति देउवा बसन्तपुर पुगेका हुन् ।

असार २३ गते सरकार पक्षसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै अभियन्ताहरु अहिले बसन्तपुरमा अनसनरत रहेका छन । अनसनरत युवाहरु भेटेपछि सभापति देउवाले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरे ।

उनले इनअफ इज इनफ अभियानप्रति आफ्नो पार्टीको समर्थन रहेको प्रतिक्रिया दिए । अभियानप्रति ऐक्यवद्धता जनाउन सभापति देउवा, नेता कृष्णप्रसाद सिटौला लगायतका नेता वसन्तपुर पुगेका थिए ।