१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना संक्रमणबाट उत्तर प्रदेशकी मन्त्री कमलाको निधन

नेपालब्रिटेन संवाददाता
१८ श्रावण २०७७, आईतवार ०७:२३

कानपुर । भारत उत्तर प्रदेशकी मन्त्री कमला रानी वरुणको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । गत १८ जुलाईमा उनी कोरोना संक्रमित भएको पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई उपचारको लागि लखनऊस्थित एसजीजीआईमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा आइतबार उनको निधन भएको हो । मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले आइतबार अयोध्या जाने कार्यक्रम पनि रद्द गरेका छन् ।

कमला रानी यूपी सरकारमा प्राविधिक शिक्षा मन्त्री थिइन् । उनी गत वर्ष क्याबिनेट मन्त्री बनेकी थिइन् । भारतमा प्रत्येक दिन पचास हजारभन्दा बढीको संख्यामा कोरोना भइरस संक्रमित थपिँदै आएका छन् ।