१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालमा आज २ सय ४६ जनामा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
१८ श्रावण २०७७, आईतवार ११:०७

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा २४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या २० हजार ३३२ पुगेको छ ।

हालसम्म १४ हजार ६०३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १११ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता डा गौतमका अनुसार १० हजार ९३४ जना क्वारेन्टिनमा छन् भने ५ हजार ६७२ जना आइसोलेशनमा रहेका छन् । यसैगरी नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ५७ जना पुगेको छ ।