८ बैशाख २०८१, शनिबार
Follow Us

नेकपा अध्यक्षद्वयको अडान यथावत, वार्ता निष्कर्षबिहीन

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०७७, सोमबार ०७:२४

काठमाडौं । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) का दुई अध्यक्षबिचको सोमबारको वार्ताले पनि कुनै ठोस सहमति हुन सकेन ।

आइतबारको बैठक सकारात्मक भएको दाबी गरिए पनि सोमबार बिहान बालुवाटारमा भएको प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वार्तामा कुनै सहमति नभएको नेकपा स्रोतले बताएको छ ।

नेकपाका अध्यक्षद्धय आली र प्रचण्ड दुबैले आ-आफ्नो अडानमा रहेकाले बैठकबाट कुनैपनि किसिमको सहमति हुन नसकेको स्रोतको दावी छ । ओलीले सबै विवाद केन्द्रीय सचिवालयलबाट मिलाएर मात्रै स्थायी कमिटिमा जान प्रस्ताव गरेको स्रोतले बताएको छ । तर अर्का अध्यक्ष प्रचण्ड र नेता झलनाथ खनालले भने सचिवालयमा जानु अघि विवाद टुंग्याउनु पर्ने अडान राखे ।

उनीहरुले स्थायी कमिटि हाल स्थगित भएको अवस्थामा त्यहाँ पनि ठोस प्रस्ताव लैजानु पर्ने बताएको स्रोतले जनाकारी दिएको छ । त्यसपछि ठोस निर्णय नगरी वार्ता सकिएको हो ।