१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओली अचानक नीजि निवास बालकोट किन पुगे ?

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०७७, सोमबार १२:२४

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली लामो समयपछि निजी निवास बालकोट गएका छन् । बालुवाटारमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग दुई घण्टा बढी छलफल सकेर प्रधानमन्त्री ओली आज बालकोट पुगेका हुन्। २१ फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओली आज निजी निवास पुगेका हुन्।

मिर्गौला प्रत्यारोपण गराएपछि सरकारी निवास बालुवाटारबाटै औपचारिक तथा अनौपचारिक भेटवार्ता गरिरहेका प्रधानमन्त्री ओली १३ साउनमा उपाध्यक्ष वामदेव गौतमको निवास भैसेंपाटी पुगेका थिए।आफ्नै निवास बालकोटमा मिर्गौला प्रत्यारोपण गर्नु अगाडि बालकोट गएका थिए।