६ चैत्र २०८०, मंगलवार
Follow Us

सप्तरीमा मंगलबारदेखि एक हफ्तासम्म निषेधाज्ञा

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०७७, सोमबार १३:२१

काठमाडौ । सप्तरीमा मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको संक्रमित संख्या दिन प्रतिदिन बढ्दै गएका कारण जोखिम न्युनिकरणका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख शंकरहरि आचार्यले बताए । उनका अनुसार निषेधाज्ञा आगामी साउन २६ गते साँझ ५ बजेसम्म जारी रहने छ । सप्तरीमा अहिलेसम्म ५ सय ३१ जनामा कोरोना सन्क्रमण पुष्टि भइसकेको छ भने संक्रमित मध्ये एकजनाको मृत्यु भइसकेको छ ।