१३ बैशाख २०८१, बिहीबार
Follow Us

संशोधन प्रस्तावलाई लिएर मधेसी मोर्चामा मतभेद

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७३, सोमबार १३:४१

काठमाडौं । संविधान संशोधन गर्न सरकारलाई दवाब दिइरहेको मधेसी मोर्चामा विवाद चुलिएको छ । मोर्चा सहित संघीय गठबन्धनका संयोजक संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादब र नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराइले संयुक्त रुपमा विज्ञप्ती निकालेपछि मोर्चामा विवाद बढेको हो ।
यही विवादका कारण संघीय समाजवादी फोरम र मधेश केन्द्रित अन्य राजनीतिक दलबीचको गठबन्धन फुट्न सक्ने बताइएको छ । यथास्थितिमा संसदमा दर्ता भएको संशोधन विधेयकलाई समर्थन गर्ने र नगर्नेबीच उनीहरुबीच देखाउटी मनमोटाव भए पनि भित्री राजनीति अरु नै भएको विश्लेषकहरु बताउँछन् ।
संघीय समाजवादी फोरमबाहेक अन्य मधेशी दलहरु एक ठाउँमा उभिएका छन् । उनीहरु गत साता भारतीय दूतावासको लन्च मिटिङमा समेत सहभागी भएका थिए । राजदूतको मन्त्रणापछि तराई केन्द्रित दलहरु संविधानसभामा दर्ता भएको संशोधन प्रस्तावको पक्षमा उभिन सहमत भएका छन् ।