१३ बैशाख २०८१, बिहीबार
Follow Us

आफ्नो पक्षमा बहुमत पुर्‍याउन प्रचण्ड पुगे बामदेव निवासमा

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०७७, मंगलवार ०९:३४

काठमाडौं । आफ्नो पक्षमा बहुमत पुर्‍याउन नेकपाका नेताहरुले दौडधुप जारी राखेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली भेटेर फर्किएको एक सातापछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनकै निवास भैँसेपाटी पुगेका छन् ।

एक साताअघि दुई अध्यक्ष सामु ६ बुँदे प्रस्ताव अघि सारेका गौतम त्यसयता ओली निकट हुन पुगेको अनुमान गरिएको बेला दाहाल गौतमलाई भेट्न निवास पुगेका हुन् । उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले अध्यक्ष दाहाल गौतमलाई भेट्न भैसेपाटी गएको पुष्टि गर्दै कुराकानीको विषय भने आफूलाई जानकारी नभएको बताए ।

यसअघि गौतमले नेकपा विवाद उत्कर्षमा पुगेका बेला सहमतिको लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए । गौतमको ६ बुँदे प्रस्तावमा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने उल्लेख छ । यसलाई माधव नेपाल–दाहाल पक्षले गौतम ओली निकट पुगेको विश्लेषण गर्दै आएका छन् ।