६ बैशाख २०८१, बिहीबार
Follow Us

रुपन्देहीमा क्वारेन्टिनका सुरक्षा गार्डले आफैंलाई आगो लगाएर गरे आत्मदाह

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०७७, मंगलवार ०९:३७

रूपन्देही । रूपन्देहीको देवदह नगरपालिकाको क्वारेन्टिाका सुरक्षा गार्डले शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गरेका छन् । देवदह ५ मितेरी टोलका २४ वर्षीय विपिन बस्यालले आज बिहान ३ वजेतिर शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गरेका हुन् ।

जलेर गम्भीर घाइते भएका भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको नगरप्रमुख हिराबहादुर खत्रीले जानकारी दिए । बस्याल शित्तलनगरको नेपाल मगर संघको भवनमा बनाइएको क्वारेन्टाइनमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए ।

उनी काममा लागेको एकहप्ता भएको मेयरले जानकारी दिए । उनले आत्मदाह गर्नुको कारणबा अनुस्धान भइरहेको प्रहरीले जनाएको छ ।