१३ बैशाख २०८१, बिहीबार
Follow Us

तीन ठूला दल मिलेर समाधान खोज्नुपर्छ: पौडेल

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७३, सोमबार १३:४७

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रक्रियामा देखिएको विवाद तीन ठूला दल मिलेर समाधान खोज्नुपर्ने बताउनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँको नयाँ बन्ने भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो – संविधान संशोधन विधेयक दर्ता भइसकेकाले यसलाई सबै मिलेर टुङ्ग्याउन सक्नुपर्दछ ।

नेता पौडेलले संविधान संशोधन दर्ता गर्दा ५ नम्बर प्रदेशमा केही तलमाथि परेको विषयलाई लिएर आन्दोलन गारिरहनुभन्दा पनि एमालेले वार्ता र संवादको बाटो खोज्नुपर्नेमा जोड दिनुभयो ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यो भवनले सहयोग पुरियाउने पनि उहाँले बताउनुभयो ।

सो अवसरमा सांसदद्वय टुकराज सिग्देल र रामचन्द्र पोख्रेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा पवनजङ्ग रायमाझी, दमौली अस्पतालका अध्यक्ष हरिराज कँडेल र जनस्वास्थ्य अधिकृत मुक्तिनाथ पण्डित लगायतले सो भवन निर्माण भएपछि सर्वसाधारणलाई स्वास्थ्य क्षेत्रमा पहुँच पुग्ने बताउनुभयो ।

रु. दुई करोड ५६ लाख २६ हजारको लागतमा करिब १८ महिनामा सो भवनको निर्माण कार्य सक्ने लक्ष्य लिएको छ ।

यसैबीच नेता पौडेलले आज नै छाब्दी मार्गको निरीक्षण गर्नुका साथै बैरेनी खानेपानी आयोजनाको समेत उद्घाटन गर्नुभयो ।