१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०७७, मंगलवार ०९:३८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा अधिकांश अप्रेसनमा खटिएका प्रहरी रहेको बताइएको छ । आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आयोगका जनसम्पर्क तथा सञ्चारविज्ञ शरद अधिकारीका अनुसार संक्रमण देखिएकामध्ये धेरैजसो प्रहरी छन्, केही नमुना अझै परीक्षण हुन बाँकी छ । अधिकारीका अनुसार प्रहरी प्रधान कार्यालयबाट काजमा आयोगमा आएका १ जना सईलाई ज्वरो आएपछि परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएको हो । पछिल्लो समय प्रहरी प्रधान कार्यालयका ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।