September 20, 2020
12:15 AM | 5:00 AM

लेबनान विष्फोटमा मृत्यु हुनेको संख्या ७० पुग्यो

  05/08/2020 मा प्रकाशित

बेरुत । लेबनानको राजधानी बेरुतमा भएको भीषण विष्फोटमा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ । उक्त विष्फोटमा करिब ४ हजार मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई भयावह भन्दै उनले दोषी जो भए पनि उन्मुक्ति नपाउने बताएका छन् ।

उक्त विष्फोटले बेरुत क्षेत्रमा कयौं भवनहरुमा क्षति पुगेको छ भने धेरै घरका झ्यालहरु फुटेको बताइएको छ । विष्फोट हुँदा राजधानी बेरुत क्षेत्रमा भूकम्पको धक्का महशुष भएको अलजजिराले जनाएको छ । गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको बताइएको छ । विष्फोट भएलगत्तै अलजजिराले सार्वजनिक गरेको भिडियोमा बेरुतको आकाशमा निकै ठूलो धुँवाको मूस्लो पनि देखिएको छ ।

प्रतिक्रिया